Comments Add Comment

‘चट्ट रुमाल क्या मालुम’मा सलिन र मल्लिकाको यस्तो डान्स

चलचित्र ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल’ बोलको गीत अहिले पनि चर्चामा छ । यो चलचित्रको गीतमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहले नृत्य गरेका थिए । अब, दर्शकले यो गीतलाई फेरि पनि पर्दामा हेर्न पाउने भएका छन् । चलचित्र ‘आफ्नो मान्छे’कै निर्माता केशव भट्टराइले निर्माण गरेको नयाँ चलचित्र ‘यात्रा’मा यो गीतलाई समावेश गरिएको छ ।

चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । रीएरेन्ज गरिएको गीतमा धमेन्द्र सेवान र मेलिना राइको स्वर छ भने राजन इशानले गीतलाई रीएरेन्ज गरेका छन् । गीतमा प्रविण सिंहको कोरियोग्राफी छ ।

गीतमा नायक सलिनमान बनियाँको साथमा नव–नायिका मल्लिका महत्त, नायक सलोन बस्नेत, जाहन्वी बस्नेत, रेअर राई र प्रेक्षा बज्रचार्यलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई चाडै नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
चलचित्रमा गीत सुहाएकाले पनि राखिएको निर्माता केशवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment