Comments Add Comment

कोपा डेल रेको उपाधि होडमा बार्सिलोना र भ्यालेन्सिया

१७ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

भ्यालेन्सियाले सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १-० गोलअन्तरले पराजित गरेसँगै समग्रमा ३-२ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । भ्यालेन्सिया र रियल बेटिसबीच पहिलो लेगको खेलमा भने २-२ गोलको बराबरीमा सकिएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको भ्यालेन्सियाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सफल भयो । भ्यालेन्सियाको जितमा रोडि्रगोले खेलको ५६औं मिनेटमा गोल गर्दै जित दिलाए ।

यता, बार्सिलोना भने सेमिफाइनलको दोस्रो लेगमा रियल मडि्रडलाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको टिम हो ।

बार्सिलोनाले रियलमाथि समग्रमा ४-१ गोलको जित निकालेको हो । पहिलो लेगमा भने बार्सिलोनाले रियलसँग १ -१ गोलको बराबरी खेलेको थियो ।

बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

कोपा डेल रे को फाइनलमा उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सियासँग मे २५ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।

कोपा डे रे फुटबलमा बार्सिलोना सर्वाधिक सफल टिम हो । बार्सिलोनाले अहिलेसम्म ३० पटक उपाधि उचाली सकेको छ । यता, भ्यालेन्सियाले भने अहिलेसम्म कोपा डेल रे को उपाधि सात पटक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment