Comments Add Comment

भारतीय वायूसेनाको बमवारीमा एउटा काग मर्‍यो !

काठमाडाैं । भारतीय वायूसेनाले गत मंगलबार पाकिस्तानी एयरस्पेसमा पसेर बम वर्षा गर्‍यो । उक्त आक्रमणमा आतंकवादी समूह जैस ए मोहम्मदको किल्ला ध्वस्त भएको र सयौं हताहति भएको भारतीय मिडियाहरुले दावी गरिरहेका छन् ।

तर, निश्पक्ष अनुसन्धानबाट भने यो दावी असत्य सावित भएको छ । उक्त बमवर्षा खाली ठाउँमा भएकाले कुनै जनधनको क्षति भएको पाइएको छैन । बरु सो घटनामा एउटा कागको प्राणपखेरु उडेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

एक स्थानीयवासीलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘अहिलेसम्म हामीले थाहा पाएअनुसार यस बमवारीमा एक व्यक्तिको आँखामा सामान्य चोट लागेको छ भने एउटा काग मरेको छ । कुनै धनमाल क्षति भएको छैन ।’

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी अल जजिराले पनि हमला भएको स्थानको स्थलगत रिपोर्टिङ गरेको थियो । उक्त रिपोर्टिङबाट त्यहाँ कुनै मानवीय क्षति नभएको पाइएको अल जजिराले उल्लेख गरेको छ ।

यो पनि पढ्नुस्– अभिनन्दनका छोरालाई पाकिस्तानी सैनिकको भावुक पत्र

भारतीय मिडियाहरुले बालाकोटमा आतंककवादीहरुको ६ एकडको शिविर रहेको र त्यहाँ विभिन्न सुविधाहरु उपलब्ध हुनुका साथै प्रशिक्षण पनि दिइने गरेको दावी गरेका थिए । तर, बीबीसीले उक्त दावी असत्य ठहर गरेको छ ।

‘निश्पक्ष अनुसन्धानमा यस्तो दावीको पुष्टि हुन सकेन,’ बीबीसीले लेखेको छ ।

भारतीय हवाई हमलापछि बीबीसीका संवाददाता सहर बलोच बालाकोट पुगेकी थिइन् । उनले उक्त एक स्थानीय नूरान शाहसँग कुरा गरेकी थिइन् । उनको घर घटनास्थल नजिकै छ ।

नूरानले भनेका छन्, ‘अघिल्लो रात म सुतिरहेको थिएँ । बिमानको चर्को आवाजले मेरो निद्रा विथोलियो । जब म उठेँ, ठूलो विष्फोटको आवाज आयो । त्यसपछि म बाहिर निस्किने कोशिश गरेँ । मैले सोचेँ कुनै डरलाग्दो घटना भएको छ । नब म ढोका नजिकै गएँ, तेस्रो विष्फोट भयो ।’

‘तेस्रो विष्फोटपछि मेरी श्रीमती र छोरीहरु पनि उठे । मैले भने अब हामी मर्छौं होला । लगत्तै चौंथो विष्फोट भयो । हामी हलचल नगरी बस्यौं । विष्फोट रोकिएपछि हामी उठ्यौं । बाहिर निस्केर हेर्दा घरको पर्खाल र छतहरुमा दागहरु थिए । तर, अल्लाहको कृपाले हामीलाई केही भएन ।’

के लेख्यो अल जजिराले ?

कतारको समाचार एजेन्सी अल जजिराले उत्तरी पाकिस्तानको जाबा शहर बाहिर जंगल र दुरदराजको क्षेत्रमा चार बम खसाइएको उल्लेख गरेको छ । विस्फोटबाट बनेको खाडलमा भाँच्चिएका रुख र ढुंगाहरु भेटिएका थिए । तर, त्यहाँ कुनै भग्नावशेष वा धनमालको नोक्सानी भएको प्रमाण भेटिएन ।

यो पनि पढ्नुस्– इमरान खानले हानेको एउटा ‘छक्का’

स्थानीय अस्पतालहरुका अधिकारी तथा उक्त स्थानमा पुगेका कयौं सर्वसाधारणले भारतीय हमलापछि कुनै व्यक्ति घाइते वा मृत नपाइएको अल जजिरालाई बताएका थिए ।

यसगरी ब्रिटिस न्यूज एजेन्सी रोयटर्सले गरेको रिपोर्टिङमा बम विष्फोटबाट एउटा कागको मृत्यू भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त क्षेत्रमा भ्यान चलाउने अब्दुर रसिदले भने, ‘यो विष्फोटले हामी सबैलाई त्रसित बनायो । तर, कसैको पनि मृत्यु भएन । खाली केही रुखहरु ढले र एउटा काग मर्‍यो ।’ एजेन्सीको सहयोगमा  

यो पनि पढ्नुस्–

भारतीय पाइलटलाई रिहा गर्ने पाकिस्तानको घोषणा

भारतीय पाइलटले सोधे– यो भारत हो कि पाकिस्तान ?

भारतीय पाइलटलाई रिहा गर्ने पाकिस्तानको घोषणा

पाकिस्तानले पाइलट कब्जामा लिएपछि भारत ‘ब्याकफुटमा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment