Comments Add Comment

रङ्गशाला बनाउन खुत्रुके महाअभियान सुरु, प्रदेश २ मा उठ्यो २२ लाख

काठमाडौं । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा यो रकम संकलन भएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् ।

महासंघले प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ । धुर्मुसले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर अभियानको सुरुवात गरेका हुन् । कार्यक्रममा सहभागीहरुले पनि सहयोग गरेका छन् ।

‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।’

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले आठ वटै जिल्ल्ाामा संचालित होटलहरु रंगशाला निर्माणको लागि खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment