Comments Add Comment

विप्लवका १७ कार्यकर्ता सिन्धुपाल्चोकबाट पक्राउ

१८ फागुन। सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्तालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको थियो । पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए । ‘केही मानिस पक्राउ परेका छन्, उनीहरुको विषयमा अनुसन्धान सुरु गरेका छौं’ एसपी मरासिनीले भने ।

१० फागुनमा राजधानीमा एनसेल कार्यालय अगाडि भएको विष्फोटको विप्लव समूहले जिम्मा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment