Comments Add Comment

थ्रीस्टारले जित्यो आहा रारा गोल्डकपको उपाधि

१८ फागुन, पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै १७ औं आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ । सडनडेथमा आर्मीलाई हराउँदै थ्रीस्टारले आहा रारा गोल्डकपको उपाधि चुमेको हो ।

खेलको पाचौं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको सुरुमै गोल गएपछि पहिलो हाप अवधिभर थ्रीस्टार दबाबमा रहेको थियो । निर्धारित पहिलो हापमा ३ मिनेट इन्जुरी समय थपिएको थियो ।

इन्जुरी समयमा आर्मीका दीपक गुरुङले डिबस्कभित्र हातले बल छुँदा थ्रीस्टारले पेनाल्टी पाएको थियो । त्यही मौकाको फाइदा उठाउँदै थ्रीस्टारका ४६ औं मिनेटमा रञ्जित धिमालले पेनाल्टीमा गोल गरे । खेलको दोस्रो हापमा कुनै पनि खेलाडीले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयको १३ औं मिनेटमा आर्मीका विमल पाण्डेले सन्तोष तामाङबाट पि|mकिकमा आएको बललाई हेडमार्फत गोल गर्दै पुन टिलाई अग्रता दिलाए । तर त्यसको बदला अतिरिक्त समयको २२ औं मिनेटमा थ्रीस्टारका रञ्जित धिकालले हानेको पि|mकिकलाई विदेशी खेलाडी पिटर सेगनले गोल गर्दै लिए । उनको गोलसँगै खेल पुन बराबरीमा पुगेको थियो ।

निर्धारित समयमा दुबै टिम २-२ को बराबरीमा रोकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकर आर्मीका गोल रक्षक विकेश कुथुको बल थ्रीस्टारका गोलरक्षकले अलान न्यौपानेले रोकिदिए । त्यसपश्चात आएका थ्रीस्टारका सुनिल राईले प्रहार गरेको पेनाल्टी क्रसबार छुँदै बाहिरिएपछि ट्राइब्रेकरमा ४-४ को बराबरी भएको थियो । जितसँगै थ्रीस्टारले ८ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले फागुन ९ गते उद्घाटन गरेको प्रतियोगितामा १० टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment