Comments Add Comment

बर्नेमाउथलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा

लिभरपुल दुई अंकले पछाडि

Photo Credit : प्रिमियर लिग

१९ फागुन, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नेमाउथलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई १-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेजले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा बराबरी खेलको सिटीले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो ।

खेलको ५५ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई १-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा आफ्नो अग्रतालाई कायमै राख्दै सिटीले बर्नेमाउथविरुद्ध जित हात पारेको हो ।

जितपछि सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । सिटीले २९ खेलबाट ७१ अंक बनाएको छ । पराजित बर्नेमाउथको भने २९ खेलबाट ३४ अंक छ ।

२८ खेल खेलेको लिभरपुलको ६९ अंक छ । लिभरपुलमाथि सिटीले लिगमा दुई अंकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment