Comments Add Comment

म्यान्चेस्टर युनाइटेडको जितमा लुकाकुको दुई गोल

Photo Credit : प्रिमियर लिग

१९ फागुन, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनलाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्ड्रियास पेरेइराले एक गोल गरे । साउथहृयाम्पटनका लागि यान भालेरी र जेम्स वार्डले गोल फर्काएका थिए ।

सुरुवाती अग्रता भने साउथहृयाम्पटनले लिएको थियो । २६ औं मिनेटमा भालेरीले गोल गर्दै साउथहृयाम्पटनलाई १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्दा साउथहृयाम्पटनले एक गोल मात्रै गर्न सक्यो ।

खेलको ५३ औं मिनेटमा आन्डि्रयासले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरी दिलाएका थिए । त्यस्तै, लुकाकुले ५९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । वार्डले साउथहृयाम्पटनका लागि ७५ औं मिनेटमा गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए । तर खेलको ८८ औं मिनेटमा लुकाकुले अर्को गोल गर्दै युनाइटेडलाई ३-२ गोलको जित दिलाए ।

प्रिमियर लिगअन्तर्गत नै भएको अन्य खेलमा क्रिष्टल प्यालेसले बर्नलीलाई ३-१ ले, वुल्भ्सले कार्डिफ सिटीलाई २-० ले र ब्राइटनले हडर्सफिल्डलाई १-० ले र वेष्टहृयामले न्युक्यासललाई २-० गोलअन्तरले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment