Comments Add Comment

अधिकारीको निधनले पार्टी र देशलाई ठूलो क्षति : भीम रावल

१९ फागुन, काठमाडौं । नेकपाका नेता भीम रावलले नेता भरतमोहन अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति भएको बताएका छन् ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय धुम्बाराहीमा पुगेका रावलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेपाललाई समृद्धिको दिशामा लैजान चिन्तनशील अधिकारीको निधनले अपुरणीय क्षती पुगेको बताएका हुन् ।

अधिकारी दुई पटक अर्थमन्त्री रहँदा दुवैपटक मन्त्रिपरिषद सदस्यसमेत रहेका नेता रावलले भने, ‘काम र कर्तव्यप्रति अत्यन्त सक्रिय रहने अधिकारीको निधनले पार्टी र देशले निकै ठूलो क्षति व्यहोरेको अनुभूति भइरहेको छ ।’

कानुन र अर्थतन्त्रको समेत जानकार अधिकारीले देशलाई समृद्धिको दिशामा कसरी लैजाने भनेर अर्थविद, समाजशास्त्री र आफूहरुसँग पनि छलफल गर्ने गरेको रावलले स्मरण गरे ।

‘उहाँ अत्यन्त चिन्तनशील हुनुहुन्थ्यो,’ रावलले भने, ‘नेपालको कम्युनिष्टको आन्दोलनको अथक योद्धा, आफूलाई सम्पूर्ण रुपमा समर्पित गर्ने व्यक्तित्व, कुशल अर्थमन्त्रीको रुपमा अधिकारीलाई स्मरण गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment