Comments Add Comment

गोली हानी युवकको हत्या

१९ फागुन, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ ।

गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आइतबार बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिए ।

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाइ घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन् । मृतकको मोबाइल साथमै भेटिएको छ । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment