Comments Add Comment

फेडेररले जिते १०० औं एटीपी टुर उपाधि

१९ फागुन, काठमाडौं । रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जितेका छन् । मिलानमा पहिलो उपाधि जितेको ६ हजार ६६० दिनमा फेडेररले दुबई टेनिस च्याम्पियनसिपमा १०० औं एटीपी टुर उपाधि उचालेका हुन् ।

३७ वर्षीय स्वीस फेडेररले ग्रिका स्टेफानोस सित्सपेजलाई ६-४ र ६-४ को सेटमा पराजित गरेका हुन् ।

उनले ४ फेब्रुअरी २००१ मा फ्रान्सका जुलियन बाउटरलाई पराएर पहिलो उपाधि जितेका थिए । ‘आज सपना पूरा भएको छ,’ २० पटकका ग्राण्डस्लाम विजेता फेडेररले भनेका छन् ।

यसअघि अमेरिकी जेमी कोनर्सले १९८३ मा यो कोशेढुंगा पार गरेका थिए ।खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment