+
+
Shares

गाउँमा एम्बुलेन्स पुग्दा पञ्चैबाजाले स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १९ गते १२:५५

१९ फागुन, सिन्धुपाल्चोक । जिल्लाको दुर्गम सुनकोशी गाउँपालिकाको सुनखानीमा एम्बुलेन्स सञ्चालन भएपछि स्थानीय वासिन्दा खुशी भएका छन् ।

उनीहरुले अब बिरामी पर्दा अकालमा ज्यान गुमाउनु नपर्ने भन्दै खुशी व्यक्त गरेका हुन् ।

केही समयअघि समयमा अस्पताल पुर्‍याउन नसक्दा गाउँमा एक सुत्केरीको मृत्यु भएको थियो । महिला स्वयंसेविका ज्ञानमाया लामाले भनिन् ‘एम्बुलेन्स आयो, अब अकालमा कसैको ज्यान जाँदैन, समयमा नै उपचार गर्न पाइन्छ ।’

पक्की सडक र राजमार्गले नछोएको यस गाउँमा एम्बुलेन्स पुग्दा फूलमालाले स्वागत गरे । गाउँम पञ्चैबाजा बजाएर रमाइलो गरे ।

वडा अध्यक्ष कृष्णबहादुर खड्का भन्छन् ‘स्टेचरमा बोकाएर विरामी लैजादा बाटोमा नै मृत्यु भएका धेरै घटना छन् ।’

प्रतिनिधिसभा सदस्य अग्नि सापकोटा र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको पहलमा चिनियाँ राजदूतावासले बलेफी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सुनखानीमा एक एक वटा एम्बुलेन्स प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?