Comments Add Comment

वैधानिक गाँठो फुकाउँदै रेडक्रसको विशेष महाधिवेशन सकियो

महाधिवेशन वैशाखभित्र गर्न निर्देशन

१९ फागुन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशनले केन्द्र, प्रदेश र रोकिएका जिल्लाको महाविधेशन आगामी बैशाख मसान्त भित्र गर्न निर्देशन दिएको छ ।

ललितपुरको गोदावरीमा आइतबार सम्पन्न दुई दिने विशेष महाधिवेशनले केन्द्रिय समितिलाई यस्तो निर्देशन दिएको सोसाइटीको सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

महाधिवेशनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्रमार्फत दिएको निर्देशन कार्यान्वयन गर्नुपर्ने ठहर गरेको छ । तर अन्तराष्ट्रिय सहयोग, शाखा विस्तार र अचल सम्पत्ति हस्तान्तरण गर्दा पूर्वस्विकृति लिनुपर्ने, गणपुरक संख्या ५१ प्रतिशत बनाउनुपर्ने, कार्यकाल दुई वर्ष बनाउने र हरेक तहको कार्यसमितिमा ६ जनालाई मनोनयन गर्न नपाउने व्यवस्थालाई सहजीकरण गर्नुपर्ने निर्णय गरेको छ ।

निर्देशक पौडेल पूर्व स्विकृतको प्रक्रियामा लाग्दा तत्काल गर्नुपर्ने उद्धार, राहत वा अन्य सहायता ढिलो हुनसक्ने बताउँछन् । उनी गणपुरक संख्या कुल सदस्य संख्याको एक तिहाई र कार्यकाल पनि चार वर्षे नै कायम राख्नु पर्ने बताउँछन् ।

केन्द्रिय समितिलाई ६ बुँदे निर्देशन दिने निर्णय गर्दै सम्पन्न विशेष महाधिवेशनमा ७७ मध्ये ७५ जिल्ला, सात प्रदेश र केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्यहरू सहभागी थिए ।

४७ वटा नियमित महाविधेशन सम्पन्न गरिसकेको नेपाल रेडक्रस सोसाइटीले स्थापनाको ५५ वर्षमा पहिलो पटक विशेष महाधिवेशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment