Comments Add Comment

प्रदेश २ का हरेक विद्यालयमा अब गुनासो पेटिका

१९ फागुन, महोत्तरी । प्रदेश २ का सबै बिद्यालयमा गुनासो पेटिका राख्नुपर्ने भएको छ । प्रदेश २ शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका सबै विद्यालयमा गुनासो पेटिका राख्न निर्देशन दिँदै पत्राचार गरेको छ ।

गुनासो सम्बोधन गर्नको साटो विद्यार्थीलाई हप्काउने, गाली गलौज गर्ने, पिट्ने गरेको कारण समस्या आउन थालेपछि गुनासा सम्बोधन गर्न भन्दै निर्देशनालयले पत्राचार गरेको हो ।

विद्यार्थीलाई आफ्ना गुनासो राख्न सहज बनाउन गुनासो पेटिकाको व्यवस्था गर्न निर्देशन गरिएको निर्देशक रमाकान्त शर्माले बताए । गुनासो राख्न जाँदा बिद्यालयका प्रधानाध्यापकहरुले हप्काउने, गाली गलौज गर्ने, पिट्ने गरेको कारण सबै बिद्यालयमा गुनासो पेटिकाको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

निर्देशक शर्माको अनुसार गुनासो पेटिका निश्चित दिनमा खोल्ने र परेका गुनासाहरु गुनासो रजिष्टरमा उतार्ने, गुनासो समाधानको लागि शिक्षक स्टाफ बैठकमा छलफल गर्ने गरी व्यवस्था मिलाउन भनिएको छ ।

सबै विद्यालयले विद्यार्थीलाई गुनासो राख्ने मौका दिने, विद्यार्थीका राम्रा विचारलाई सम्मान गर्न, निर्णयमा सहभागी गराउन, सहज स्थानमा गुनासो पेटिकाहरु राख्ने, गोप्य गुनासाहरु गुनासो पेटिकामा राख्न उत्प्रेरित गर्न आग्रह गरिएको शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment