Comments Add Comment

स्विजरल्याण्डले बनायो स्मार्टफोनको लत छुटाइदिने मोबाइल फोन

ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएसँगै फिचर फोनहरु बजारबाट हराए । यद्यपि, स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध छन्, तथापि अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्या कम छैन ।

यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने सायद त्यो सबैभन्दा उत्कृष्ट बन्थ्यो होला । मोबाइल प्रयोगकर्ताको यहीँ चाहनालाई ध्यानमा राख्दै स्विजरल्याण्डको मोबाइल निर्माता कम्पनी Punkt ले यस्तै गज्जबको मोबाइल फोन ल्याएको छ ।

यदि तपाइँले निकै धेरै स्मार्टफोन चलाउनु हुन्छ तर स्मार्टफोनको लतबाट छुटकारा पाउन संघर्ष गरिरहनु भएको छ भने यो फिचर फोन तपाइँका लागि निकै सहयोगी हुनेछ । कालो रङमा उपलब्ध यस मोबाइल फोनमा धेरै स्मार्ट फिचरहरु उपलब्ध छन् ।

प्राविधिक रुपमा यो फोन निकै एडभान्स्ड छ । यसमा क्वालकोम स्नापड्रागन २१० प्रोसेसर सँगै १६ जिबीको इन्टरनल स्टोरेज र २ जिबीको र्‍याम रहेको छ । साथै यसमा एन्ड्रोइड एओएसपी ८.१ अपरेटिंग सिस्टम रहेको छ ।

सबैभन्दा खास कुरा त के भने यो मोबाइल फोनले फोर जी नेटवर्क सपोर्ट गर्दछ । साथै यसमा युएसबी टाइप सी कनेक्टरसँगै युएसबी २.० पोर्ट समेत रहेको छ ।

यो फोनले अंग्रेजी, हिन्दी, फ्रेन्च, जर्मन, चिनिया लगायतका विभिन्न १७ वटा भाषा सपोर्ट गर्दछ । साथै यसमा विभिन्न खालका आधुनिक भाषा सम्बद्ध अप्सनहरु पनि दिइएको छ ।

फोनमा १२८० मिली एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो ब्याट्री पूरा चार्ज हुन साढे २ घण्टाको समय लाग्दछ । सामान्य रुपमा प्रयोग गरिरहेको अवस्थामा एकपटक पूरा चार्ज गरेको ब्याट्रीको चार्ज साढे १२ घण्टासम्म टिक्दछ । जबकि, फूल चार्ज गरेको ब्याट्रीबाट लगाचार ४ घण्टा २० मिनेटसम्म फोनमा कुरा गर्न सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment