Comments Add Comment

गण्डकी प्रदेशसभामा दुई नेताको शोक प्रस्ताव पारित

२१ फागुन, पोखरा । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका कास्की २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै मंगलबारको प्रदेश सभा बैठक सकिएको छ ।

गएको बुधबार ताप्नेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीलगायत ७ जनाप्रति शोक प्रस्ताव पारित गरेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले शोक प्रस्ताव पेश गरेका थिए । शोकप्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरिएको छ ।

बैठकले  पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सातै परिवारप्रति समवेदना प्रकट गरेको थियो । पूर्वअर्थमन्त्री अधिकारीको शनिबार निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment