Comments Add Comment

‘जानी नजानी’मा मनिष र निरिषाको ‘लिपलक’

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’का मुख्य कलाकार मनिष श्रेष्ठ र नायिका निरिषा बस्नेत अहिले देश दौडाहामा छन् । चलचित्रको प्रचारका लागि देश दौडाहामा रहेको यो जोडी यो चलचित्र चल्नेमा विश्वस्त देखिएको छ ।

यसैविच, यी दुइको जोडीलाई दर्शकले प्रतिक्षा गरिरहेको समयमा यसको निर्माणपक्षले यी दुइको रोमान्टिक तस्बिर सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा यी दुई एक अर्काको अंगालोमा मात्र रमाएका छैनन्, लिपलक गर्दै रोमान्स गरिरहेका छन् । यी तस्बिरले पनि यी दुई चलचित्रमा निकै रोमान्टिक अवतारमा देखिन लागेका छन् भन्ने वुझ्न सकिन्छ ।

रोशनी केसीको निर्माणमा तयार भएको चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ र सन्नी सिंहको पनि मुख्य भूमिका छ । चलचित्रले प्रेमलाई राष्ट्रियताको कथामा जोडेको छ । सामिप्यराज तिमिल्सिनाको यो चलचित्रमा लेखन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment