Comments Add Comment

महिलालाई किन हुन्छ सोरायटिक अर्थराइटिस ?

सामान्यतया शरीरका कुनै पनि जोर्नी दुखेमा वा दुखाईका कारण हात खुट्टा चलाउनमा कठिनाई भएमा आर्थराइटिस हुने गर्छ । आर्थराइटिस भएमा जोर्नी सुन्निनुका साथै हात खुट्टा चलाउनमा समस्या हुने गर्छ । खासगरी यो महिलालाई सताउने समस्या हो ।

जबकी थुप्रै महिला सोरायटिकले दुःख दिएपनि रोग पहिचान गर्न भने सकिरहेका हुँदैनन् । चिकित्सक भन्छन्, ‘यो समस्याबारे महिलाहरु त्यती जानकार छैनन् ।’ त्यही कारण सोरायटिकको लक्षण देखिएमा उनीहरु अरु नै उपचार खोजिरहेका हुन्छन् वा पीडा सहेर बसिरहेका हुन्छन् ।

यो समस्या भएमा यसले दीर्घकालिन दुःख दिन्छ । कतिसम्म भने, सोरायसिसकै कारण जोर्नी पूर्णतया समेत क्षतिग्रस्त हुन्छ ।

सोरायसिसका कारण जोर्नीमा क्षति भएमा वा जोर्नी सम्बन्धी समस्या भएमा त्यसलाई सोरायटिक आर्थराइटिस भनिन्छ । सोरायोटिक नामक रोगबाट प्रभावित व्यक्तिलाई सोरायटिक आर्थराइटिस हुन्छ ।

के हो सोरायटिक अर्थराइटिस ?

सोरायटिक आर्थराइटिसलाई धेरैले पीएसए भनेर पनि बुझ्ने गर्छन् । जबकी पिएसए इन्फ्लामेन्टरी आर्थराइटिसको एउटा प्रकार मात्र हो । जसको कारणले हातका तथा खुट्टाका औला, घुँडा तथा पिठ्यु सुन्निने गर्छ । र, जोर्नी पनि दुख्ने गर्छ । त्यसैले, पीएसए र सोरायटिक आर्थराइटिसलाई लिएर भ्रममा पर्नु हुँदैन ।

चिकित्सकका अनुसार सोरायटिक आर्थराइटिसले औला,नाडी, कुइना, कम्मर लगायतका जोर्नीलाई एकै साथ प्रभावित पार्छ । जसका कारण ती अंग कडा हुनुका साथै सुन्निने र दुख्ने गर्छ । यो समस्या व्यक्ति अनुसार फरक पनि हुनसक्छ । कसैमा यो समस्या गम्भीर हुनसक्छ भने कोहीमा यसको सामान्य लक्षण मात्र देखिन सक्छ ।

समयमै उपचार नगरे यो समस्या बढ्न सक्छ र यसले गम्भीर समस्या निम्त्याउन  सक्छ । जबकी समयमै यसको लक्षणबारे थाहा पाएर तथा उचित उपचार गरेर यो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ । र, जोर्नीमा क्षति पुग्नबाट बचाउन सकिन्छ ।

साधारणतया, यो समस्याले ३० देखि ५० वर्ष उमेरका मानिसहरुमा धेरै प्रभावित पार्दछ ।

चिकित्कका अनुसार जब कुनै व्यक्ति यो समस्याबाट ग्रसित हुन्छ, तब उसलाई जोर्नी सुन्निने समस्या र  जोर्नीको दुखाईका कारण प्रत्येक दिनको  काम गर्न पनि समस्या हुन थाल्छ । र, उक्त व्यक्तिलाई हिँडडुल गर्नमा समेत समस्या हुने गर्छ । समयमै यसको उपचार नगरे जोर्नी स्थायी रुपमै क्षतिग्रस्त हुन्छ । त्यसैले, यसलाई समयमै पहिचान गर्न जरुरी छ, जसले गर्दा सोरायटिक आर्थराइटिसको लक्षणलाई प्रभावकारी तरीकाले व्यवस्थापन गर्न सकियोस् ।

सोरायसिस आर्थराइटिसका संकेत तथा लक्षण

लिगामेन्ट दुख्ने

सोरायसिस आर्थराइटिसबाट प्रभावित व्यक्तिलाई प्राय लिगामेन्ट छेउको जोर्नी सुन्निने वा दुख्ने गर्छ ।

हातखुट्टाका औला सुन्निने

यो रोगबाट ग्रसित व्यक्तिहरुलाई डेटिलाइटिसको समस्या हुन्छ । यसमा हातखुट्टाका सबै औला सुन्निने गर्छ ।

थकान

यो रोगबाट ग्रसित व्यक्तिलाई सधैभरी थकान र कमजोरी महसुस हुन्छ ।

छाला खस्रने तथा नङ्गमा बदलाव आउने

कयौ व्यक्तिहरुलाई सोरायसिस आर्थराइटिस भएमा छाला खसि्रने, छालामा पत्र बस्ने, छाला रातो हुने गर्छ । त्यस्तै, नङ्गमा दाग बस्ने, नङ्ग संक्रमित हुने तथा पूर्णतया निस्कने गर्छ । सोरायसिस तथा सोरायटिक आर्थराइटिसको यो लक्षण दुर्लभ मानिन्छ ।

आँखा सम्बन्धि समस्या

यो रोगबाट ग्रसित व्यक्तिको आँखा सुन्निन सक्छ , जसले गर्दा आँखा रतो हुने, चिलाउने वा देख्नमा समस्या हुने, दुख्ने गर्छ ।

यदी तपाईंहरुमध्य कोहीमा यस्तो लक्षण देखि तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ । किनकी यी लक्षण सोरायटिक आर्थराइटिसको लक्षण हुनसक्छ ।

सोरायोसिस आर्थराइटिसका कारणः

सोरायसिस भएका प्रत्येक पाँचजना विरामीमध्य एक देखि दुई जनामा सिरायोसिस आर्थराइटिसको समस्या हुनसक्छ । सोरायोसिस भएको दश वर्ष भित्रमा सोरायोसिस आर्थराइटिसको समस्या देखिने गर्छ । कसैकसैमा रोगको पहिचान हुनु पूर्व नै जार्नीको समस्या देखिने गर्छ ।

सोरायोसिसमा जस्तै सोरायोटिक आर्थराइटिसममा पनि प्रतिरक्षा प्रणालीमा समस्या भएमा यो रोग निम्तिने गर्छ ।  तर, सोरायसिस भएका केही व्यक्तिमा मात्र यो रोग किन विकास हुन्छ भन्ने अझै प्रष्ट भएको छैन । यद्यपी, यी कारणले पनि सोरायोसिस आर्थराइटिसको समस्या निम्तिन सक्छ ।

-वंशाणुगत कारण

-असामान्य प्रतिरक्षा प्रणाली

-परिवारमा छाला रोग तथा पारेायोटिकको इतिहास भएमा

-भाइरस वा जिवाणुको संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment