
चलचित्र ‘क्याप्टेन’ रिलिज भएको एक साता भएको छ । चलचित्र रिलिज भएको एक सातापछि यसमा समावेश तेश्रो गीत सार्वजनिक भएको छ । ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई फिचरिङ गरिएको छ ।
यो गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतले दुई यूवतीको प्रेममा एक यूवा परेको देखाएको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रले पहिलो साता राम्रो व्यापार गरेको छ ।
यो चलचित्रमा नायक अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । यो चलचित्रमा नायक अनमोल केसीको कामको प्रशंसा भैरहेको छ । नायिका उपासना सिंह ठकुरी यही चलचित्रबाट उदाउने देखिएको छ ।
प्रतिक्रिया 4