Comments Add Comment

सिके राउतसँगको सम्झौताको भाषाप्रति भीम रावलको आपत्ति

२४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सम्झौताको भाषाप्रति आपत्ति जनाएका छन् ।

उनले सरकार र गठबन्धनका संयोजक सिके राउतबीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषा प्रयोग भएको भन्दै किन यस्तो गरियो भनी प्रश्न उठाएका हुन् ।

शुक्रबार ट्विटरमा उनले लेखेका छन् ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment