+
+

वोमी लघुवित्तको सेयर कारोबार रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते १४:०९

२६ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । संस्थाकै आग्रहमा आज आइतबारदेखि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार वोमी लघुवित्तले आइतबार आफू अर्को लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान लागेको भन्दै सेयर कारोबार रोक्का गर्न आग्रह गरेपछि कारोबार रोकिएको हो । नागरिक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने वोमीले निर्णयसमेत गरेको छ ।

दुई संस्थाहरु एक आपसमा गाभिन समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको वोमी माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?