+
+
Shares

लगानीकर्तासँग नेप्सेले माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते १८:४१

२६ फागुन, काठमाडौं । वेबसाइटमा समस्या आएर कारोबार रोकिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारका लगानीकर्ताहरुसँग माफी मागेको छ । आइतबार अपरान्ह विज्ञप्ति जारी गरी नेप्सले नेटवर्कमा समस्या आएर कारोबार रोकिएको भन्दै लगानीकर्तासँग माफी मागेको हो ।

‘कारोबार प्रणाली निर्माता कम्पनी वाईको प्रालिले नेटवर्कमा समस्या आएकाले कारोबार नभएको जानकारी गराएको छ, यो विषयमा धितोपत्र बोर्डलाई समेत जानकारी गराएका छौं’ नेप्सेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमाप्रार्थी छ ।’

दिउँसो १२ बजेर ४६ मिनेटपछि समस्या आएर कारोबार रोकिएको भन्दै नेप्सेले समस्या आउनु अघिको भने नियमित राफसाफ हुनेसमेत जानकारी गराएको छ ।

समस्यापछि नेप्सेका अधिकारीहरू प्राविधिकसहित आकस्मिक बैठक बसेका थिए । भोलिदेखि त्यस्तो समस्या नआउने गरी समस्या सुल्झाइएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?