+
+

वर्ल्डलिंक कम्युनिकेशनको सेवा ७० जिल्लामा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते २१:१२

२६ फागुन,  काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्ना सेवा सुविधा सम्बन्धी भइरहेका कार्य र भावी योजनाहरुलाई सम्पूर्ण सर्वसाधरण माझ जानकारी गराएको छ ।

७० वटा जिल्लामा सेवा विस्तार गर्न सफल वर्ल्डलिंक कम्युनिकेशन्सले पत्रकार सम्मेलन गरी आफ्ना सेवा सुविधाबारे जानकारी गराएको हो । वि.सं २०५२ सालमा स्थापना भएको वर्ल्डलिंकले हालसम्म नेपालका ७० वटा जिल्लामा सेवा विस्तार गरीसकेको छ ।

प्रोडक्टमा निरन्तर परिमार्जन र सुधार गर्दै वल्र्डलिंकले हाल १ हजार २ सय ५० मा गो एप, सेफनेट एप, म्यानेज्ड वाईफाई र टाइम ब्याक जस्ता महत्वपूर्ण सेवा सहितको इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट उपलब्ध गराएको छ ।

इन्टरनेटको प्रयोग सम्बन्धी चेतना जगाउने उद्देश्यले हालसम्म वर्ल्डलिंकले ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई इन्टरनेटको प्रयोग सम्बन्धी ज्ञान प्रदान गरिसकेको वर्ल्डलिंकले बताएको छ । वर्ल्डलिंकको अबको ४ महिना भित्र करिब १० वटा ग्रामिण क्षेत्रमा इन्टरनेट पहुँच पुर्याउनुको साथै एक वर्षमा १० हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लक्ष्यहरु सार्वजनीक गरेको छ ।

पत्रकार सम्मेलनमा एफटीटीएच, ब्रोडव्यान्ड, आईसीटी क्षेत्रको रोजगार प्रदायक लगायतका विविध आधारमा नेपालकै ठूलो अपरेटरको रुपमा परिचित वर्ल्डलिंकका हालसम्मका उपलब्धि र भावि कार्ययोजनाबारे जानकारी दिइएको छ ।

कम्पनीले पब्लिक वाईफाई प्रोजेक्ट, वायर म्यानेजमेन्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेट सम्बन्धी भएका चेतना मूलक कार्यक्रम र हालमा सञ्चालित इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट लगायतका विषयमा जानकारी गराएको छ ।

वर्ल्डलिंकले पब्लिक वाईफाई प्रोजेक्ट अन्र्तगत निशुल्क रुपमा इन्टरनेटको पहुँचलाई पशुपति विकास क्षेत्र, बौद्ध, शङ्ख पार्क, बालाजु बाईसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट एवं पोखरा र विरगञ्ज महानगरपालिका कार्यलय लगायतका महत्वपूर्ण स्थलहरुमा नियमित रुपमा सेवा दिँदै आएको बताएको छ । साथै, आगामी दिनहरुमा अझ प्रभावकारी ढगंले नयाँ नयाँ स्थलहरुमा यस्तो सेवा प्रदान गर्ने योजना रहेको पनि उक्त सम्मेलनमा जानकारी गराएको छ ।

त्यस्तैगरी, वर्ल्डलिंकले काठमाडौं शहरको सुन्दरताको साथमा इन्टरनेटका तारहरुको व्यवस्थापनलाई मध्यनजर गरी अगाडि बढाएको वायर म्यानेजमेन्ट प्रोजेक्टले पहिलो चरणमा त्रिपुरेश्वर देखि महाराजगञ्ज सम्म र दाश्रो चरणमा बालुवाटार देखि माइतिघर सम्मका क्षेत्रहरुमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने योजना अनुरुप हालसम्म त्रिपुरेश्वर बाट पानिपोखरी सम्मको कार्य सम्पन्न भइसकेको बताएको छ ।

कर्णाली प्रोजेक्ट अन्र्तगत प्याकेज ए र प्याकेज बी गरी वर्ल्डलिंक इन्टरनेटलाई कर्णालीका विभिन्न क्षेत्रमा पुर्याई त्यहाँको जनमानसलाई इन्टरनेट सेवा प्रदान गरिदै आएको पनि जनाएको छ । जसअन्र्तगतको प्याकेज ए मा इन्टरनेट सेवालाई हुम्ला, जुम्ला, डोल्पा र मुगु सम्म पुर्याइने कार्यमा ५२ प्रतिशत कार्य सम्पन्न भइसकेको छ जानकारी गराएको छ ।

त्यस्तै, प्याकेज बी मा इन्टरनेट सेवालाई रोल्पा, रुकुम, जाजरकोट र कालिकोटसम्म पुर्याइने कार्य शत प्रतिशत सम्पन्न भइसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?