Comments Add Comment

मालिकावासीले माग : प्राविधिक क्याम्पस र अस्पताल

२७ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका नागरिकले प्राबिधिक क्याम्पस र अस्पताल स्थापना गर्न माग गरेका छन् ।

गाउँपाकिाको अर्धवाषिर्की समीक्षा कार्यक्रम एवंम सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकहरुले पालिका स्तरीय प्राबिधिक शिक्षासहितको क्याम्पस र अस्पताल निर्माणका लागि ध्यानाकर्षण गराएका हुन् ।

सार्बजनिक सुनुवाइमा सेवाग्रहीले सानोसानो बजेट बितरण गर्दा दुरुपयोग बढेको, जनप्रतिनिधिले सेवाग्रहीलाई राजनीतिक व्यबहार गरेको गुनासो गरेका थिए ।

बिभिन्न वडाहरुबाट कार्यक्रममा पुगेका सेवाग्रहीले गाउँपालिकाले धेरै जसो रकम डोजर लगाउने काममा छुट्टाएको, केही उपभोक्ता समितिले काम नगरी बजेट दिइएको भन्दै प्रशन उठाएका छन् ।

उनीहरुले पालिका भित्रका धेरैजसो स्थानमा मोटरबाटोहरु पुगेपनि साँघुरो भएकाले त्यसतर्फ ध्यान दिन सुल्झाएका छन् ।

महिलाहरुको आयआर्जनका कार्यक्रममाहरुमा आगामी बजेटमा ध्यान दिनुपर्ने, जेष्ट नागरिक परिचय पत्र पालिकाबाट पाउनु पर्ने जस्ता विषयहरुमा गुनासो रोखका थिए ।

धेरै जसो सहभागीले बजेट बितरण र उपभोक्त्ता समिति गठनमा पक्षबिपक्ष भइ व्यबहार नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

गाउँपालिकाले वडास्तरमा पनि सार्बजनिक सुनुवाई एवंम प्रगति समीक्षा कार्यक्रम राख्नु पर्नेमा जोड दिएका थिए ।

प्रगति समीक्षा एवंम सार्बजनिक गाउँपालिका अध्यक्ष रितबहादुर थापा, उपाध्यक्ष देवा अर्याल रिजाल, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल र गाउँपालिका भित्रका वडाध्यक्ष एवंम बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका गुनासाहरुमा जवाफ दिएका थिए ।

सेवाग्रहीले उठाएका धेरै सुझाव र गुनासाहरुले आगामी दिनहरु गाउँपालिकाले गर्ने कार्यक्रमहरुमा धेरै सहयोग मिलेको उनीहरुको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम राख्ने भन्दै अध्यक्ष थापाले निरन्तर सल्लाह र सुझाव दिन आग्रहसमेत गरे । सेवाग्रहीले उठाएका महत्वपूर्ण बिषयहरुमा गम्भीर भएर लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment