Comments Add Comment

बंगलादेशविरुद्ध टेस्ट सिरज न्यूजिल्यान्डले जित्यो

बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले आफ्नो पोल्टामा पारेको छ । रोज टेलरको दोहोरो सतकसँगै न्यूजिल्यान्डले बंगलादेशविरुद्ध एक इनिङ र १२ रनको जित दर्ता गर्‍यो । यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० ले जित्यो ।

दोस्रो टेस्टको पहिलो दुई दिन वर्षाको कारण ‘वास आउट’ भएको थियो । त्यसका बाबजुद उत्कृष्ट बलिङको मद्दतले पाचौं दिनमा न्यूजिल्यान्डले जित निकाल्न सफल भयो । न्यूजिल्याडको जितको आधार टेलरको २०० रनको पारीले खडा गरेको थियो ।

पाचौं तथा अन्तिम दिन न्यूजिल्यान्डलाई जितका लागि सात विकेटको आवश्यकता थियो भने बंगलादेशलाई इनिङ हार टार्न १ सय ४१ रन चाहिएको थियो । तर बंगलादेशलाई अल आउट गर्न होम टिमलाई एउटै सेसन पर्याप्त भयो । न्यूजिल्यान्डका लेफ्ट आर्म बलर नील वाङ्गर र ट्रेन्ट बोल्टले बंगलादेशी ब्याट्सम्यानलाई धराशयी बनाएका थिए । वाङ्गरले १० ओभर बलिङ गर्दा ३७ रन खर्चेर ५ विकेट लिए । यसैगरी बोल्टले ३८ रन खर्चेर ३ विकेट आफ्नो पोल्टामा पारे । बंगलादेशका मोमदुल्लाहले सर्वाधिक ६७ रन बनाए पनि इनिङ हार टार्न सकेनन् ।

यसअघि पहिलो इनिङमा बंगलादेशले २ सय ११ रन जोडेको थियो, जसमा तमिम इकवालले सर्वाधिक ७४ रन बनाएका थिए । न्यूजिल्यान्डले ४ सय ३२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । न्यूजिल्यान्डका निकोल्सले १०७ र विलियम्सनले ७४ रन बनाएर टेलरलाई साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment