+
+

देवदहमा इलाका प्रहरी कार्यालय माग

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १६:५७

२८ फागुन, बुटवल । एकपछि अर्को हत्याका घटना दोहोरिंदै गएको रुपन्देहीको देवदहमा रहेको प्रहरी चौकीलाई इलाका स्तरमा स्तरोन्नती गर्नुपर्ने माग उठेको छ ।

प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहमा श्रृंखलाबद्ध रुपमा भएका घटनाले स्थानीयलाई त्रसित पारेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम राख्न देवदहमा ईलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्ने खाँचो औंल्याएका हुन् ।

उनले यस विषयमा केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने बताए । देवदहमा तीन वर्षको अवधिमा तीनजनाको हत्या र २ जनाको प्रहरी इन्काउन्टरमा ज्यान गएको छ ।

देवदहमा सञ्चालित पाँचौ औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको मंगलबार समापन गर्दै पूर्वमन्त्री समेत रहेका विश्वकर्माले देवदहको प्रहरी चौकीलाई इलाकामा स्तरोन्नति गर्ने माग दुर्गा तिवारी हतयाका बेलादेखि नै उठेपनि सरकारले ध्यान नदिएको हुँदा हत्या श्रृंखला दोहोरिएको धारणा राखे ।

मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अनुसार मेलाको करिब ३ लाख दर्शकले अवलोकन गरेका र १० करोड बराबरको आर्थिक कारोवार गरेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?