+
+
Shares

विप्लव समूहलाई प्रतिबन्ध गर्नु अपरिपक्व निर्णय : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १५:५६

२९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् ।

बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।

‘पार्टीभित्र (छलफल) भएको छैन । पार्टीभित्र गम्भीर विषयमा (छलफल) हुनुपर्थ्यो’ उनले भने ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’

सरकारमा गम्भीर तयारी गरेर र पर्याप्त छलफल गरेर भन्दा प्रचारात्मक कुरामा जाने प्रवृत्ति देखिएको नेता नेपालले बताए । ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो’ उनले भने ।

आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालले बताए । ‘सरकारले सबै पक्ष सोचेरै गरेको होला भन्ने अनुमान गरौं’ उनले भने ‘सोधेपछि, सल्लाह गरेपछि अरुले पनि जिम्मा लिन्छन्, डिफेन्ड गर्छन् मौरीजस्तो जाइलाग्छन्, वास्तै गरिएन भने किन जिम्मा लिने ?’

मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भन्दै नेता नेपालले यसरी कदम चाल्दा कमी कमजोरी भयो कि भएन भन्नेमा भने ध्यान पुर्‍याउनुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?