+
+

११ बर्षीया बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई जन्म कैद

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १७:४५

२९ फागुन, भोजपुर । जिल्ला अदालत भोजपुरले बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलाई जन्मकैदको सजाय सुनाएको छ ।

अदालतले साल्पासिलिछो गाउँपालिका – ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडक राईबाट मृतक बालिकाको परिवारलाई १ लाख क्षतिपूर्ति भराउने ठहरसमेत गरेको निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

सोही ठाउँकी भान्जी नाता पर्ने ११ वर्षीया बालिका रचना राईलाई सञ्जयले सँगै सुत्छु भनेर गत भदौ १० गते बलात्कार गरी हत्या गरेका थिए । बालिका आमा धनमती राई र सौतेनी बाबु राजन राईसँग बस्थिन् । सञ्जय पनि लामो समयदेखि बालिकाको घरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?