Comments Add Comment

महिला साफ : श्रीलंका र भारत सेमिफाइनल प्रवेश

माल्दिभ्स श्रीलंकासँग पराजित हुदै बाहिरियो

१ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । समूह ‘बी’ को खेलमा शुक्रबार माल्दिभ्सलाई श्रीलंकाले २–० ले पराजित गरेपछि सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

शुक्रबारको खेलपछिसमूह ‘बी’ बाट श्रीलंका र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । यसअघि नै समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शुक्रबार श्रीलंकासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि माल्दिभ्स भारतसँग ६–० ले पराजित भएको थियो ।

शुक्रबार मध्यान्तरअघि एक गोल गरेको श्रीलंकाले मध्यान्तरपछि अर्को गोल ग¥यो । ४० औं मिनेटमा चालिनी कुमारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको ५०औं मिनेटमा गोल गर्दै उनले श्रीलंकालाई २–० गोलको जित दिलाइन् ।

खेलअवधिभर बल नियन्त्रणमा राखेपको श्रीलंकाले गोल गर्ने कतिपय अवसर खेर फालेको थियो । माल्दिभ्सले भने गोल गर्ने केही अवसर सिर्जना गरेको थियो । तर माल्दिभ्सका कुनै पनि खेलाडी गोल गर्न सफल हुन सेकनन् ।

सेमिफाइनल पुग्ने सबै टिमले एक–एक खेल खेल्न बाँकी नै छ । आयोजक नेपालले समूह ए को अन्तिम खेलमा भोलि शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । यो खेलले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ । यो समूहबाट भुटान भने दुबै खेलमा पराजित हुदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

त्यस्तै, आइतबार समूह बी को अन्तिम खेलमा भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । यो खेलले समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment