Comments Add Comment

मुख्यमन्त्री राईको निर्देशन : असारे विकासको चलन अन्त्य गर्नू

४ चैत्र, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विकास निर्माणको काम आर्थिक वर्षको अन्त्यमा मात्र गर्ने परिपाटी अन्त्य गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

विकास बजेट सक्ने अभिप्रायले आर्थिक वर्षको अन्तिम महिना असारमा खर्च गर्ने परिपाटीले विकास निर्माणको काम गुणस्तरहीन भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री राईले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयका सचिवहरुलाई विकास खर्चको सदुपयोग हुने गरी काम गर्न पनि निर्देशन दिए ।

मुख्यमन्त्री राईले भने,‘उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’

यो आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न मुख्यमन्त्री राईले सचिवहरुलाई निर्देशन दिएका छन् । बैठकमा सबै मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

चार/चार महिनामा मन्त्रालयगत रुपमा समीक्षा बैठक गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव भरतमणि रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment