
७ चैत, काठमाडौं । दश प्रतिशत सेवा शुल्कको माग्दै पर्यटनसम्बद्ध मजदुरले आन्दोलन घोषणा गरेका छन् । सेवा शुल्क नपाउँदा जीवनयापनमा समस्या परेको भन्दै मजदुरहरु आन्दोलित भएका हुन् ।
आफूसँग १ लाख मजदुर आवद्ध रहेको दावी गर्ने नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफि्टङ, एयरलाईन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी युनियन (युनिट्रामभ)ले पत्रकार सम्मेलन गरेरै आन्दोलनको घोषणा गर्यो ।
श्रमिकले उचित ज्याला समेत नपाएको तर्क गर्दै होटलबाहेक पर्यटन क्षेत्रका मजदुरले संयुक्त रुपमा ९ बँदे मागसहित आन्दोलन गर्न लागेको युनिट्राभलका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।
चैत २१ सम्म माग पुरा नगरिए र्याफि्टङ, एयरलाइन्स, ट्रेकिङ, ट्राभल्स, कार्गो, कुरियर क्षेत्रहरु बन्द गर्ने चेतावनी युनिट्रामभले दिएको छ । आफ्ना माग बेवास्ता गरिए पर्यटन क्षेत्रमा हुने क्षतिको जिम्मेवार आफूहरु नहुने उनीहरुको चेतावनी छ ।
ट्रेकिङ तथा ट्राभल मजदुरको ज्यालामा वृद्धि हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएपछि आन्दोलित हुनु परेको अध्यक्ष पराजुलीले बताए । उनीहरुले रेस्टुरेन्टका मजदुरले सरह नै सेवा शुल्क पाउनुपर्ने माग अघि सारेका छन् ।
प्रतिक्रिया 4