
Photo Credit : प्रतीकात्मक तस्वीर
९ चैत, धनुषा । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष शुभनारायण मण्डलका छोरा रोशन र भतिजा विक्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुविरुद्ध सोही वडाका जितनारायण र नगिना राउतलाई केहि दिन अगाडि कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले शनिबार साँझ वडा अध्यक्ष मण्डलको घर खानतलासी गरी दुवैलाई पक्रेको हो ।
प्रहरी टोलीलाई वडा अध्यक्ष मण्डलका आफन्त र स्थानीयले अवरोध गरेका थिए । तर अवरोध छल्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको स्थानीयले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4