Comments Add Comment

राजदूत ढकाल भन्छन् – युएई र नेपालबीचको सम्बन्ध मजबुद बनाउनु मुख्य प्राथमिकता

युएई । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएई र नेपालबीचको सम्बन्ध मजबुद बनाउन आफ्नो मुख्य प्राथमिकता रहने बताएका छन्। शुक्रबार दूतावासमा आयोजित यहाँ कार्यरत नेपाली पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै ढकालले आफ्नो मुख्य प्राथकिताबारे जानकारी गराएका हुन् ।

युएई र नेपालबीचको सम्बन्ध नजिक बनाउने, श्रमिकको सुरक्षामा ध्यान दिने, आर्थिक कुटनीतिको विकास र दुतावासले दिने सेवासुविधा सरल र प्रभावकारी बनाउनु आफ्नो मुख्य प्राथमिकतामा रहेको जनाए।

ढकालले भने–नेपाल सरकारको सुखी नेपाली, समृद्धि नेपाल अभियानलाई सफल बनाउन दुईदेशबीच उच्चस्तरिय भ्रमण र जनता जनताबीचको सम्बन्धसमेत स्थापित गराउन आवश्यक छ । पर्यटन र आर्थिक क्षेत्रमा युएईले गरेको विकासलाई नेपालले सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले भिजिट भिषाका नाममा हुने तस्करी न्युनिकरण, दूतावासले दिने सेवा सुविधामा सहजता, हुण्डी कारोबारको नियन्त्रण,वैदेशिक रोजगारलाई व्यवस्थित र प्रवासको पत्रकारितामा आइपर्ने चुनौतीका बारेमा जानकारी गराएका थिए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदैँ राजदूत ढकालले प्रवासमा रोजगारीसँगै जोखिमता मोलेर जनतालाई सूचना दिन पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरे । दूतावासले दिने सेवा सुविधालाई व्यवस्थित बनाउन दूतावासले चाडैँ नागरिक वडापत्र र दूतावासको एप्स स्थापना गर्ने जनाकारी दिए ।

उनले थपे–सेवाग्राहीलाई छिटो र सहज रुपमा सेवा तथा सूचना दिन दुतावासले पहल गर्नेछ । साथै नेपाली उत्पादनको बजारीकरण गर्ने र उत्पादन सामाग्रीको संग्रालय स्थापना गर्न दूतावासले काम गरिहेको बताए ।

कायक्रममा दूतावासकातर्फबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँल र द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीको उपस्थिति थियो । कार्यक्रममा युएईमा सकृय विभिन्न संचारमाध्यमा कार्यरत नेपाली पत्रकारको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment