+
+
Shares

प्रदेश ५ मा क्षयरोगबाट एक वर्षमा २ सय ३८ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १८:१७

१० चैत, बुटवल । प्रदेश ५ मा क्षयरोगबाट २ सय ३८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा यो प्रदेशमा ४७ हजार पाँचसय ८२ जनाको परीक्षण गरिएकोमा सात हजार २९ जनामा क्षयरोग देखिएको र २ सय ३८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका स्वास्थ्य निर्देशक दिनेशकुमार चापागाईंका अनुसार क्षयरोगबाट सबैभन्दा बढी कपिलवस्तुमा ४३ जना, दाङमा ४० जना, बाँकेमा ३२ जना, बर्दियामा २३ जना,प्युठानमा ११जना,रोल्पामा १५ जना,पाल्पामा १६ जना,रुपन्देहीमा १२ जना,गुल्मीमा २१जना,अर्घाखांचीमा १२ जना र नवलपरासी पश्चिममा १३ जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वमा भने क्षयरोगका कारण मृत्यु भएको छैन । प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै एकहजार चारसय ८६ जना क्षयरोगी फेला परेका छन् भने पुर्वी रुकुममा सबैभन्दा कम ५२ जना भेटिएका छन् ।

गत एक वर्षमा अर्घाखाँचीमा दुईसय ७०, गुल्मीमा तीनसय १६, कपिलवस्तुमा सातसय ६७, पश्चिम नवलपरासीमा चारसय ७८, पाल्पामा तीनसय ९७, बाँकेमा आठसय ४४, बर्दियामा छ सय ७०, दाङमा एकहजार एकसय ६४, प्यूठानमा तीनसय ८७ र रोल्पामा तीनसय पाँचजना नयाँ क्षयरोगी फेला परेका छन् ।

उमेर समूहका दृष्टिले १५ देखि २४ वर्षका व्यक्तिमा क्षयरोगको संक्रमण बढी देखिएको निर्देशनालयका तथ्यांक अधिकृत रामजनम कुर्मीले बताए । गत वर्ष यो उमेर समूहका एक हजार ३३ जनामा क्षयरोग देखिएको थियो ।

दोस्रोमा ६५ वर्षमाथिका एक हजार २४ जनामा, ५५ वर्षदेखि ६४ वर्षका ८ सय ९० जनामा २५ वर्षदेखि ३४ वर्षका ८सय ५६ जनामा,३५देखि ४४ वर्षका ७३२ जनामा र १४ वर्षमुनिका ३ सय ५९ जनामा क्षयरोग भेटिएको कुर्मीले जानकारी दिए ।

क्षयरोगलाई न्युनीकरण गर्न नेपालमा पहिलोपटक ५५ जिल्लामा ९९ वटा क्लस्टरमा ५७ हजार ६ सय १० जनामा क्षयरोगको प्रिभ्यालेन्स सर्वे चलिरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जसमा प्रदेश ५ का ९ जिल्लाका १७ क्लस्टरमा ९ हजार ७ सय जनामा यस्तो सर्भे सम्पन्न भएको छ । नेपालमा क्षयरोगको उपचारमा सफलता दर ९१ प्रतिशत रहेको छ भने प्रदेश ५ मा पनि ९१ प्रतिशत नै रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय वहुऔषधी प्रतिरोधी क्षयरोग विरामीको संख्या बढ्दै गएर चुनौतीका रुपमा देखापरेको निर्देशनालयका जनस्वास्थ्य निर्देशक चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?