+
+
Shares

भोजपुरको विद्युत् विस्तारमा अनियमितता, वडाध्यक्षसहित १० विरुद्ध मुद्दा दायर

श्यामकृष्ण दाहाल श्यामकृष्ण दाहाल
२०७५ चैत ११ गते ११:२९

११ चैत, भोजपुर । जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १३ विरुद्ध मुद्दा दायर गरेको छ । आयोजनामा संलग्न वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १३ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष ०७३/७४ मा जिल्लाको षडानन्द नगरपालिकाको साविक वडा नं. ५ र ६ मा ५८ लाख ७० हजार लागतको विद्युत् विस्तार आयोजना सञ्चालन भएको थियो । तर, आयोजना सम्पन्न नै नगरी सम्पूर्ण रकम मिलेमतोमा निकालेको पाइएको थियो । आयोजनाको काम नसकी झूठा कागजात पेश गरेर रकम निकासा गरेको भन्दै सरोकारवालाहरुले अख्तियार गुहारेका थिए ।

अख्तियारले गरेको छानबिनमा १७ प्रतिशत मात्रै काम भए पनि आयोजना सम्पन्नको झूठा कागजात पेश गररे सम्पूर्ण रकम निकासा गरेको भेटिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार,  २९ लाख ७४ हजार ४ सय ९१ रुपैयाँ १४ पैसाको मात्रै काम भए पनि नक्कली बिल बनाएर २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ ८६ पैसा बढी रकम निकासा गरिएको छ ।

अनियमितता पुष्टि भएपछि १३ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको कोइरालाले जानकारी दिए ।

मुद्दा दायर गरिएकाहरुमा षडानन्द नगरपालिका–८ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किरात, षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनियर विमलमान राई, असिष्टेण्ट सब इञ्जिनियर महेश कार्की र शिक्षा अधिकृत विद्यालय निरीक्षक मणिराम तामाङ छन् ।

त्यस्तै विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ्ग, सचिव राजेन्द्र राई, कोषाध्याक्ष ज्ञानुमाया तामाङ (श्रेष्ठ) र संयोजक हेमकुमार श्रेष्ठविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुमध्ये शिक्षा अधिकृत तामाङ्गलाई १८ लाख ६८ हजार रुपैयाँ र अन्यलाई जनही २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ ८६ पैसा बिगो तोकिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?