 
																			११ चैत, झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीहरु समाप्त गर्न सरकार उद्दत भएको आरोप लगाएका छन् । प्रेस युनियन झापाले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुको साटो सरकारले थप द्वन्द्व निम्ताउन खोजेको बताए ।
उनले भने, ‘कांग्रेसले सुरु गरेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु पर्छ, फेरि अर्को द्वन्द्वको अवस्था सृजना हुनु हुँदैन भन्ने तर्फ सबै जिम्मेवार हुनुपर्छ ।’
विप्लव समूहलाई लगाइएको प्रतिवन्धतर्फ संकेत गर्दै उनले असन्तुष्ट राजनीतिक आवाजहरुको समाधान दमनबाट नभै वार्ता र छलफलबाट नै गर्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने नाममा सरकारबाट भइरहेका प्रयासमा सरकारको गलत नियत देखिएको उनले दाबी गरे । सुरक्षा परिषदलाई छलेर प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार आफूमातहत ल्याउन खोजेको, प्रेस तथा सामाजिक सञ्जालमा अंकुश लगाउन खोजेको र विप्लव समूहमाथि प्रतिवन्ध लगाइएका घटनाको उनले आलोचना गरे ।
सरकारले राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना रहे पनि सरकार अनावश्यक कुरामा अल्भिmएकाले जनचाहना अनुरुप कुनैपनि काम हुन नसके उनले बताए । ‘अब सरकारबाट कुनै नयाँ अपेक्षा गर्न सकिँदैन,’ उनले भने ।
अर्को फरक प्रसंगमा बोल्दै नेता सिंहले कांग्रेसलाई बलियो र सशक्त बनाउन देशभरका नेता-कार्यकर्ताहरुसित राय सुझावका लागि आफू जिल्ला-जिल्लामा पुगिरहेको बताए ।
विधिविधानसम्मत तरिकाले चल्न नसकेकाले अब केन्द्रदेखि बुथ कमिटीका सबै नेता-कार्यकर्ता विधानको परिधीभित्र रहेर विधिसम्वत निर्णय प्रक्रियामा जानुपर्नेमा उनले जोड दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4