Comments Add Comment

विमानस्थलमा जफत भएको मदिरा र चुरोटको लिलामी हुँदै

११ चैत, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु तथा आपूर्तिकर्ताबाट जफत गरेको विभिन्न मालवस्तु लिलामी गर्न सूचना निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ करोड १२ लाख मूल्य बराबरका वस्तुको बढाबढद्वारा लिलामी प्रक्रिया अघि बढाएको हो ।

लिलामी गर्न लागिएका समानमा रक्सीदेखि यर्सागुम्बासम्म छन् । विभिन्न ब्राण्डका ८ सय ४१ बोतल ह्वीस्की लिलामीमा राखिएको छ । यसको न्युनतम् मूल्य १८ लाख ६२ हजार बराबर छ ।

१६ लाख ३४ हजार मूल्यको विभिन्न सूर्ति जन्य पदार्थ पनि लिलामीमा राखिएको छ । पावहान गोदामबाट बरामद भएको ५ लाख ६० हजार बराबरको मोटर ट्रान्सर्फमर र ६४ लाख ८० हजार बरारको पीओएस टर्मिनल पनि लिलामीमा राखिएको छ ।

७ लाख २० हजार मूल्य बराबरको यार्सागुम्बा पनि लिलमाीमा छ ।

चैत २५ गतेसम्म रित पुगेको निवेदन दिनेहरुले बढाबढ लिलामीमा भाग लिन पाउनेछन् । चुरोट र मदिराको लिलामीका लागि अन्तशुल्कको इजाजत लिएको थोक बिक्रेता अनिवार्य गरिएको छ । यस्तै भ्याट चुक्ता गरेको प्रमाणपत्र पनि हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment