Comments Add Comment

एसईई दिएर पौडी खेल्न गएका विद्यार्थी वेपत्ता

११ चैत, गोरखा । एसईई परीक्षा दिएर पौडी खेल्न गएका गण्डकी गाउँपालिका–६ भूम्लीचोकका कमल चेपाङ वेपत्ता भएका छन् ।

१७ बर्षका चेपाङ सोमवारको परीक्षा सकेर साथीहरु सँग धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धवादीको त्रिशुली नदीमा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा दिउँसो करिव साढे दुई बजे उनी वेपत्ता भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । उनी भुम्लीचोकको भद्रकाली माविका विद्यार्थी हुन् । उनको परीक्षा केन्द्र ज्ञानमार्ग मावि घ्याल्चोकमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment