+

नेपाली यू-१९ टिम विजयी

२०७५ चैत  १२ गते १८:१६ २०७५ चैत १२ गते १८:१६
नेपाली यू-१९ टिम विजयी

१२ चैत्र, काठमाडौं । विश्वकप छनोटलाई मुख्य नजर गर्दै भारत भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टिमले जित हात पारेको छ ।

नेपाल यू-१९ टिमले भारतको आन्ध्रा यू-१९ टिमलाई ९ रनले पराजित गरेको हो । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको आन्ध्राले निर्धारित ओभर सकिन दुई बल बाँकी छदा सबै विकेटको क्षतिमा २१२ रन मात्रै बनाउन सक्यो ।

आन्ध्राका लागि नितेश कुमारले ७४ रन बनाएपनि हर्षवर्दनले ३६ रन बनाए । बलिङतर्फ भीम ;fर्की, पवन सर्राफ र कुशल मल्लले समान २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपाली युवा टिमले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ४८ र राशिद खानले ४१ रन बनाए । त्यस्तै, पवन सर्राफले ३२ र कप्तान रोहित कुमार पौडेलले २२ रनको योगदान दिए । यसअघि हिजो (सोमबार) सम्पन्न खेलमा नेपालले एक विकेटले जित हात पारेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय