Comments Add Comment

चितवनमा विप्लवका ६ जना नेता कार्यकर्ता पक्राउ

१३, चैत, चितवन । सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएयता चितवनमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सचिवालय सदस्यदेखि साधारण कार्यकर्तासम्म रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गा रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार फागुन २९ गते जिल्ला सचिवालय सदस्य रामप्रसाद तिमिल्सिना, राप्ती नगरपालिकाका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी बीरेन्द्र बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष विक्रम न्यौपाने, चैत ३ गते जिल्ला सदस्य वीरबहादुर तामाङ र चैत ११ गते राति अखिल क्रान्तिकारी यातायात व्यवसायी संघका जिल्ला अध्यक्ष मित्र केसी र कार्यकर्ता जयबहादुर कुँवर पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई बिस्फोट, आगजनी तथा संगठित अपराध अन्र्तगत म्याद थप गरी मुद्धा चलाइएको प्रवक्ता रेग्मीले बताए । उनीहरुसँग थप सोधपुछ र आवश्यक अनुसन्धान जारी छ ।

चितवनमा विप्लव समूहको उपस्थिति बलियो रहेको प्रहरीको बुझाइ छ । जिल्लाका चर्चित नेताहरु देशका अन्य जिल्लामा विप्लव समूहको नेतृत्वदायी भूमिकामा रहेका छन् ।

विद्यार्थी नेतादेखि पार्टी नेतासम्मलाई अन्य जिल्लामा जिम्मेवारी दिएर परिचालन गरिएको जानकारी प्रहरीले पाएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादलको जिल्लासमेत भएकोले विप्लव समूहबाट जिल्लामा सानातिना घटनाहरु भइरहन सक्ने प्रहरीको बुझाइ छ ।

केही दिनअघि भरतपुर महानगरपालिका वडा नः ५ को कार्यालयमा बिस्फोट गरी क्षति गराइएको थियो । सोही घटनामा उनीहरुको संलग्नता रहेको भन्दै प्रहरीले बिस्फोट तथा आगजनीको मुद्धा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment