Comments Add Comment

‘सिद्धार्थ प्लाटिनम बचत खाता खोल्दा फाइदै फाइदा’

१३ चैत, काठमाडौं । सिद्धार्थ बैंकले प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको माग बमोजिम नविनतम् वित्तीय सेवाहरु सरल र सहजरुपमा उपलब्ध गराउन विभिन्न आकर्षक सुविधासहित नयाँ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ खाता खोल्दा सिद्धार्थ बैंकको डेविट कार्ड प्रयोग गरी देशभर रहेका जुनसुकै बैंको एटीएमबाट रकम झिक्दा अतिरिक्त शुल्क लाग्नेछैन ।

यस्तै देशभर रहेका ४५ भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

प्लाटिनम खातावालले ६ दशमलब ५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् । नयाँ खाता बैंकका देशभर रहेका १४६ शाखाहरुबाट वा अनलाइनबाट खोल्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment