Comments Add Comment

नयाँ वर्षमा टिभिएसको ‘सात छ हाम्रो’ अफर

१३ चैत, काठमाडाैं । अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध दुई र तीनपांग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ ।

नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकमाझ ल्याएको हो । हरेक दुईपांग्रे सवारी प्रेमीको एकमात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसका ‘सात छ हाम्रो’ अभियान टिभिएसले दुई वर्षअघि परिचित गराएको थियो । यसमार्फत टिभिएस आफ्नो ग्राहकको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।

सोमबारबाट सुरु भएको अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजारको स्योर सट नगद छुटको व्यवस्था गरेको छ ।

यस अफरले स्क्र्याच कुपनको झन्झट हटाई ग्राहकको सजिलोको लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । २०७६ वैशाख मसान्तसम्म उक्त अफर लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

टिभिएसले आफ्नो सात भिन्ना भिन्नै सिसीका उत्पादनमा पाँच वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, एकघन्टे एक्सप्रेस सेवा लगायत अन्य विभिन्न सेवाका फाइदा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment