+
+
Shares

शहीद शुक्रराज शास्त्रीको गीत युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १७:४१

३ चैत, काठमाडौं । शहीद शुक्रराज शास्त्रीले रचना गरेको गीत युट्युबमा सुन्न पाइने भएको छ ।

‘न घरलाई घर कहिन्छ,

नारी नै दरबार हो’

हिजोआज दुर्लभ भइसकेकाले आम स्रोताका लागि पलेँटी श्रृंखलाले युट्युबमा राखेको  पलेँटीका संयोजक संगीतकार आभासले जानकारी दिए । पहिले यो गीतमा मेलवादेवीको स्वर रहेको थियो ।

यस गीतलाई गत महिनाको पलेँटी श्रृंखलामा गायिका मिना निरौलाले गाएकी थिइन् । उनले  उक्त गीत मेलवादेवीकै झलक आउने गरी गाएको भनी प्रशंसा भएको थियो ।  ‘त्यसैलाई मनन गर्दै पलेँटी श्रृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो,’ पलेँटीका संयोजक आभासले भने, ‘गीत मेलवादेवी प्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ ।’

झण्डै १३ वर्षदेखि चल्दै आएको पलेँटी बीचमा केहि समय बन्द भएपछि गत महिनायता ‘थिम’मा आधारित भएर निरन्तरता पाउन थालेको छ । गएको महिना यसले नेपालका महिला स्वरहरुको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?