
१४ चैत, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच ऋणपत्र निस्काशन सम्वन्धि सम्झौता भएको छ । ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर– २०८५’ नामक ३ अर्ब ऋणपत्र निष्काशन गर्नका लागि निस्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निस्काशनका लागि सम्पूर्ण कामहरु निस्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।
ऋणपत्र निस्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।
ऋणपत्रको प्रमुख विशेषताहरु यस्ता छन्ः
१. बार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे ।
२. प्रति ऋणपत्र अंकित मूल्य १,००० दरका ३०,००,००० कित्ताको जम्मा ३,००,००,००,००० (तिन अर्व रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निस्काशन प्रक्रियाबाट बिक्री हुनेछ ।
३. ऋणपत्रको अवधि १० बर्ष रहने ।
४. नेपाल स्टक ऐक्स्चेन्जमा सुचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने ।
५. बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने ।
६. अर्ध बार्षिक रुपमा (६र६ महिनामा) ब्याजको भुक्तानी गरीने ।
प्रतिक्रिया 4