Comments Add Comment

ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ

१८ चैत, काठमाडौं । ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ९ वर्षपछि पक्राउ गरेको छ ।

सीआईबीले काठमाडौं महानगरपालिका-३५ बालकुमारीका रविन पुलामी मगरलाई शनिबार सुनसरीबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग मुद्धामा रविनलाई काठमाडौं जिल्ला अदालतले ०६६ चैत १६ गते ५ वर्ष कैद सजाय हुने फैसलाला गरेको थियो ।

उनले ०६३ मंसिर २३ गते राति साढे ९ बजे काठमाडौं महानगरपालिका-३५ को पाल्पाकोटस्थित सडकमा मछिन्द्र पराजुलीको घाँटी र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पक्राउ गरी जिल्ला अदालतमा सुनसरीमा हाजिर गराइएका रविनलाई फैसला कार्यान्वयनका लागि अदालतले सुनसरीको झुम्का कारागार चलान गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment