Comments Add Comment

लोकगीतमा सुरक्षाको छमछमी

नायिका सुरक्षा पन्तले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । तर, उनले सफलताको झन्डा अझै गाड्न सकेको पाइदैन । उनले अभिनय गरेको ‘अझै पनि, धनपती, भैरे, चङ्गा चेट, गोपी, रोमियो एण्ड मुना’ लगायतका चलचित्र रिलिज भइसकेको भएपनि दर्शकले उनलाई त्यतीसाह्रो नोटिस गरेको पाइदैन । उनै सुरक्षाले हालै मात्र नयाँ चलचित्र ‘घर’को छायांकन सकाएकी छिन् ।

यस्तैमा, सुरक्षा पन्तले नृत्य गरेको नयाँ लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । धेरै कलाकारले म्यूजिक भिडियोलाई पनि चर्चामा आउने बाटो बनाइरहेको समयमा सुरक्षाले पनि त्यही हाँगो समातेको वुझ्न सकिन्छ ।

पछिल्लो समय नेपाली दर्शक(स्रोतामा लोकगीतको क्रेज राम्रो बनिरहेको छ । लोकगीत हेर्ने र सुन्ने दर्शक(स्रोता पनि बढिरहेका छन् । सुरक्षा पनि म्यूजिक भिडियोमा नाचेर चलचित्रबाट नपाएको सफलता पाउने दाउमा छिन् । नायिका मरिष्का पोखरेललाई पनि चलचित्रले दिन नसकेको सफलता ‘सालको पात टपरी’ बोलको गीतले दिएको थियो ।

तर, सुरक्षाले चलचित्रमा बनाउँदै गरेको क्रेजलाई म्यूजिक भिडियोले कमजोर बनाउँछ या बनाउँदैन, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment