+
+
Shares

हावाहुरी प्रभावित क्षेत्रमा तत्काल माेबाइल सेवा सुचारु गराउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १२:०२
Photo Credit : फाइल फाेटाे

१९ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल अवरुद्ध दूरसञ्चार सेवा तत्काल सुचारु गराउन निर्देशन दिएको छ ।

बारा र पर्सामा गत आइतबार रातीको हावाहुरीले दूरसञ्चार सेवा प्रदायकको बीटीएसमा क्षति पुगेर अवरुद्ध भएको सेवा तत्काल सुचारु गराउन निर्देशन दिएको हो ।

प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा वाधा पर्न सक्ने भएकाले धेरै लामो कुरा गरेर नेटवर्क व्यस्त नबनाईदिन पनि प्राधिकरणको आग्रह छ ।

‘अत्यावश्यक कार्यमा छिटो–छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगरी आकस्मिक सञ्चारको प्रयोगमा सहयोग गरिदिन हुन समेत अनुरोध गर्दछौं’, प्राधिकरणले भनेको छ ।

साथै कतै दूरसञ्चार सेवा अवरुद्ध भएको भए खबर गरिदिन पनि प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

आइतबार राती बारा र पर्सामा हावाहुरीका कारण ठूलो धनजनको क्षति भएको छ । तीव्र गतिको हावाहुरीले दूरञ्चार सेवा प्रदायकका ५ सय भन्दा बढी माेबाइल टावरमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?