Comments Add Comment

विकास परिषदको बैठक सुरू, पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिइने

Photo Credit : चन्द्र आले/ अनलाइनखबर

२० चैत, काठमाडौं । राष्ट्रिय विकास परिषदको दुईदिने बैठक राजधानीमा सुरु भएकाे छ । बैठककाे प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् ।

पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिए ।

आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ ।

राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा पठाउने योजना आयोगको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment