Comments Add Comment

काठमाडौंमा चैत २१ देखि मानव अधिकार चलचित्र महोत्सव

२० चैत, काठमाडौं । सातौं संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २१ देखि २४ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सव रसियन सेन्टर अफ साइन्स अफ सेन्टरमा सञ्चालन हुनेछ । महोत्सवको शुरुवात जर्मनी ‘द मार्च अफ होप स्काई’ बाट गरिनेछ ।

विश्वभरीबाट खुला आवेदन मार्फत आएका चलचित्रहरु छनोट गरी मानव अधिकारका विषयमा निर्माण भएका ८१ वटा वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलागयतका चलचित्र प्रदर्शन गरिने छन् । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शनका लागि छनोट गरिएको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण विस्थापित भएकाहरुको कथामा आधारित फिल्महरुलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै सामाजिक रुपमा अधिकारबाट वञ्चित र सामाजिक न्यायको पक्षमा महिला, दलित, अल्पसंख्यक र पिछडिएका समुदायका सवालमा बनेको चलचित्र पनि प्रदर्शन गरिनेछ ।

चलचित्र महोत्सवले राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ(युएन), युनएचसीआरसँग सहकार्यको गरेको छ । चलचित्र प्रर्दशनसँगै महोत्सवमा अन्तर्क्रियाको कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment