Comments Add Comment

‘दाल भात तरकारी’मा पुष्पको यस्तो गेटअप

बैशाख २० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’मा नायक पुष्प खड्का महिला बनेका छन् । चलचित्रको एक दृष्यमा उनी महिलाको भूमिकामा प्रस्तुत भएका छन् । महिला बनेका पुष्पको केही तस्विरहरु सार्वजनिक भएको छ ।

नायक पुष्प खड्काले अनलाइनखबरको कुराकानीमा चलचित्रको कथा नै त्यस्तै भएका कारण आफूले उक्त लुक्स बनाएको बताएका छन् । उनले भने, ‘चलचित्रको एक दृष्यमा महिला बन्नुपर्ने थियो । त्यसैले मैले त्यो लुक्स बनाएको हुँ ।’ पुष्पले चलचित्रमा आफ्नो भूमिका तेस्रोलिंगीको नभएको पनि प्रष्ट पारेका छन् ।

मह संचारको व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’लाई सुदन केसीले निर्देशन गरेका हुन् । किरण केसीको निर्माणमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता मह संचार हो । यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल, विल्सन विक्रम राई, वर्षा राउत, आँचल शर्मा लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा समावेश दुई गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक भिजिट भिषाले रिलिजको छोटो समयमा नै करोड भ्यूज पार गरेको छ भने शिर्ष गीतलाई पनि धेरैले मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment